काठमाडाैं । सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद् डीला संग्रौलाले सरकार जिम्मेवार नभएकाे बताउनुभएकाे छ ।
प्रतिनिधि सभाकाे शून्य समयमा बाेल्दै सांसद् संग्राैलाले सरकार जिम्मेवार र बफादार नबनेको बताउनुभएकाे छ ।
नयाँ शैक्षिक सत्र सुरू भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाएको बताउँदै उहाँले खेती लगाउने बेला किसानले मल नपाएको बताउँनुभयाे ।
महँगीले नागरिकको ढाड सेके पनि महँगी नियन्त्रणमा सरकारले ध्यान नपुगेकाे र हत्या, हिंसा, बलात्कारका जस्ता घटना अत्याधिक बढेका तर पीडितले न्याय पाउन नसकेकोमा उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
सरकारसँग संग्राैलाले ‘सरकार कहाँ छ? जिम्मेवार र बफादार बन्नुपर्दैन?,’ जस्ता प्रश्नकाे राख्नु भएकाे छ ।
