काठमाडौं । नेकपा एमालेकी सांसद् नविना लामाले जनक शिक्षा केन्द्र सामग्री केन्द्र खारेज गर्नुपर्ने बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् जनक शिक्षाको लापरबाहीले विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको बताउनुभयाे । समयमै पुस्तक नछाप्ने जनक शिक्षा केन्द्र खारेज गर्नुपर्ने उहाँले बताउनुभयाे ।
'कक्षा ६ र ८ को पुस्तकको अभाव छ, पुस्तक किन अभाव भयो ? जनक शिक्षा सामग्री बचाउने नाममा विद्यार्थीहरूले पुस्तक कहिल्यै पाएनन्, जनक शिक्षाले बेलैमा पाठ्यपुस्तक छाप्न र वितरण गर्न सक्दैन भने किन लगानी गर्ने ? किन खर्च गर्ने ? उनीहरू जवाफदेही हुनुपर्दैन,पाठ्यपुस्तक दिन नसक्ने जनक शिक्षा खारेज गरौँ'-लामाले भन्नुभयाे ।
अब निजी क्षेत्रलाई पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मा दिनुपर्ने प्रस्ताव पनि सांसद् लामाले गर्नुभयाे ।
