काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् गिरिराजमणि पाेखरेलले नेपाल र अमेरिकी सेनाका अधिकारीकाे भ्रमणबारे सदनलाई जानकारी नगराएकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद् पाेखरेलले अमेरिकी सेनाका अधिकारीहरुकाे नेपाल भ्रमण र नेपाली सेनाकाे अमेरिकी भ्रमणबारे सत्यतथ्य जानकारी गराउनुभयाे माग गर्नुभयाे ।
'आज अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चार दिने नेपाल भ्रमणका लागि आउने खबर छ, सुनिएकाे छ भारतीय सेनाका अधिकारीसँगकाे छलफलपछि नेपाल आउँदै छन्, के पनि सुनिएकाे छ भने - अर्काे भ्रमण अमेरिकी र नेपाली सेनाबीच स्टेट पार्टनसीप प्राेगामकाे सम्झाैताका लागि दबाब दिने कार्यक्रममा केन्द्रित छ, केही समयपछि इण्डाेप्यासिफिक कमाण्ड प्रमुख जाेन लिनुले पनि नेपाल भ्रमण गर्दैछन्'-उहाँले भन्नुभयाे ।
पाेखरेलले अगाडि थप्नुभयाे - 'नेपाली सेनाका सेनापतीले केही समयपछि अमेरिका भ्रमण गर्ने समाचार आएकाे छ, याे भ्रमण लगत्तै सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाकाे अमेरिकी भ्रमण भन्ने सुनिएकाे छ, अमेरिकी सेनाका अधिकारीहरुकाे नेपाल भ्रमण र नेपाली सेनाकाे अमेरिकी भ्रमणकाे उद्देश्य र एजेण्डाबाे सरकारले सदनलाई जानकारी गराउनु पर्दैन ? अविलम्ब सदनलाई जानकारी गराइयाेस् भन्ने माग गर्छु ।'
स्टेट पार्टनरसीप प्राेगाम र त्यसमा नेपालकाे भूमिकाबारे प्रष्ट पार्न पनि उहाँले सरकारसँग माग गर्नुभयाे । 'याे स्टेट पार्टनरसीप प्राेगाम भनेकाे के हाे यसबारे सरकारकाे धारणा के छ ? स्टेट पार्टनरसीप प्राेगामकाे नाममा सैनिक रणनीति कार्यक्रममा जाेडिन खाेजिएकाे हाे प्रश्न उठेकाे छ, स्टेट पार्टनरसीप प्राेगागमकाे माध्यमबाट विस्तारै अमेरिकाकाे इण्डाेप्यासिफिक स्टाटेजीमा नेपाललाई सामेल गराउने विज्ञहरुले याे कुरा उठाइराखेका छन्, सदनले यसबारे जानकारी गराउन जरुरी छ'-पाेखरेलले भन्नुभयाे ।
