काठमाडाैं । नेकपा एमालेकी सांसद् निरुदेवी पालले नागरिकता विधेयक चाँडाे भन्दा चाँडाे पारित गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् पालले सदनमा विचाराधिन रहेको नागरिकता विधेयक चाँडाे भन्दा चाँडाे पास गर्न माग गर्नुभयाे । विधेयक पारित नहुँदा विशेष व्यवस्थामा रहेका नागरिक नेपाली नागरिकता पाउनबाट बञ्चित भएको उहाँकाे भनाइ छ ।
'नागरिता विधयेक लामो समयदेखि राज्य व्यवस्था समितिमा रह्यो, अहिले सांसद्मा विचाराधिन छ, यस्तो संवेदनशील विषयमा सरकार संसद किन मौन ? यो विधेयक पास नहुँदा विशेष अवस्थामा रहेका नेपाली नागरिकता लिनबाट बञ्चित छन्, नागरिकता लिन नपाउँदा उच्च शिक्षा र रोजगारी पाउनबाट समेत बञ्चित बन्नु परेको छ, निर्वाचनमा समेत मताधिकारको समेत प्रयोग गर्न पाएका छैनन्,अब छिटो भन्दा छिटो नागरिकता विधेयक संसदबाट पारित परियोस्'-उहाँकाे भनाइ छ ।
सदनमा यसअघि नै पारित भएको आमाको सिफारिसमा छोरा-छोरीले नागरिकता पाउने व्यवस्था सरकारलाई लागू गर्न पनि सांसद् पालले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
यस्तै नेपाली कांग्रेसका सांसद् देवेन्द्रराज कँडेलले पनि नागरिकता विधेयक चाँडाे पास गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
