काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ ।
बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसद् सचिवालयले जनाएको छ । आज परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा शिक्षा विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।
बैठकमा सांसद् प्रेम सुवालले 'विनियोजन विधेयक, २०७९ अन्तर्गत परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने ।
सांसद् दुर्गा पौडेलले 'विनियोजन विधेयक, २०७९ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
सांसद् गोकर्ण राज विष्टले 'विनियोजन विधयेक, २०७९ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
सांसद् खगराज अधिकारीले 'विनियोजन विधेयक, २०७९ अन्तर्गत गृह मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
