काठमाडाैं । नेकपा एमालेका सांसद् महेश बस्नेतले गठबन्धन सरकारले देश र जनताकाे पक्षमा काम गर्न नसकेकाे बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् बस्नेतले गठबन्धन सरकारले महंगी बढाएर जनताकाे ढाड सेक्ने काम गरेकाे बताउनुभयाे । 'याे सरकारले विकास र राहत केही दिन सक्ने कुनै लक्षण देखिँदैन, जनताहरु एमालेकाे सरकार मिस गरिरहेका छन्, फेरि पनि केपी ओलीलाई मिस सम्झिरहेका छन्'-उहाँले भन्नुभयाे ।
सरकारले एकसाता नबित्दै फेरि पेट्राेलियमकाे पदार्थकाे मूल्य बढाएकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । गत आर्थिक वर्षमा एमालेले अगाडि बढाएका चालु याेजनाहरु सबै याेजना अलपत्र परेका उहाँले बताउनुभयाे । याे वर्षकाे बजेट सीमित नेताका घरमा गएकाे भन्दै उहाँले भाैतिक र अर्थमन्त्रीकाे त भक्तपुरसँग । पुँजीगत खर्च नहुने पनि उहाँले बताउनुभयाे ।
