काठमाडौं । नेकपा एमालेका सांसद् रामबीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मेवारी आफूलाई दिन माग गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् मानन्धरले फाेहाेरमैला व्यवस्थापनका लागि समिति गठन गर्न माग गर्नुभयाे ।साे समितिकाे अध्यक्ष आफूलाई बनाउन पनि उहाँले माग गर्नुभयाे ।
महानगरपालिकाको मेयरको आकांक्षी भए पनि नपाएको भन्दै उहाँले सदनमा आफ्नो नेतृत्वमा फोहोर व्यवस्थापन समिति बनाए काम गरेर देखाउने प्रतिबद्धता जनाउनुभयाे ।
'फोहोर व्यवस्थापन गर्न सक्ने मै हूँ, मेयरको लागि म पनि आकांक्षी थिएँ, हुन सकिन, संसद्ले मेरो अध्यक्षमा फोहोर मैला व्यवस्थापन समिति गठन गरोस्,फोहोर मैला व्यवस्थापन गर्न सक्ने मै हूँ समिति बनाओस्ऽ यो व्यवस्थापन मैले गर्न सक्छु भन्ने विश्वास छ'- उहाँले भन्नुभयाे ।
