काठमाडौं । नेकपा एमालेका सांसद् गाेकर्ण विष्टले नेपालकाे कुल जलविद्युत क्षमता कति हाे भन्नेबारे अध्ययन थाल्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा उर्जा मन्त्रालयका लागि विनियाेजित बजेटमा खर्च कटाैतीकाे प्रस्ताव पेस गर्दै सांसद् विष्टले आफू उर्जामन्त्री हुँदा यसबारे अध्ययनका लागि कार्यक्रम अगाडि बढाएकाे स्मरण गर्नुभयाे ।
डा. हरिमान श्रेष्ठले आफ्नाे थेसिसमा नेपालमा ८३ हजार मेगावाट विद्युत उत्पादन गर्ने क्षमता छ भनेकै आधारमा नेपालकाे जलविद्युत क्षमताकाे व्याख्या भइरहेकाे भन्दै उहाँले यसका लागि थप अध्ययन गर्नुपर्ने बताउनुभयाे । 'साँचाे अर्थमा हाम्राे जलाशययुक्त आयाेजनाकाे सम्भावना के हाे ? जलविद्युतकाे समग्र सम्भावना के हाे ? साैर्यकाे सम्भावना के हाे वायु र वायु उर्जाकाे सम्भावना के हाे ?जियाे थर्मलकाे सम्भावना के हाे ? यसबारे सरकारले यथाेचित अध्ययन गरिरहेकाे छैन'- विष्टले भन्नुभयाे ।
आफू उर्जाम्नत्री हुँदा नेपालकाे कुल जलविद्युत क्षमताबारे अध्ययन थालेपनि त्याे अघि बढ्न नसकेकाे उहाँले बताउनुभयाे । 'म ११ वर्षअगाडि उर्जामन्त्री भएका बेला, नेपालकाे कुल जलविद्युत क्षमता कति हाे भनेर अध्ययन गर्न कार्यक्रम अगाडि बढाएकाे थिएँ तर त्याे कार्यक्रम अहिलेसम्म व्यवहारिसे बन्याे, आजका मितिसम्म डा. हरिमान श्रेष्ठकाे थेसिसमा आधारित भएर नै हामीले हाम्राे जलस्राेतकाे व्याख्या गरिरहनुपरेकाे छ' - विष्टले भन्नुभयाे ।
विश्वमा उर्जाका नयाँ-नयाँ विकल्पहरु देखा परेका भन्दै उहाँले नेपालमा नयाँ विकल्पकाे अध्ययनका लागि सरकार माैन रहेकाे बताउनुभयाे ।गठबन्धन सरकार उर्जा क्षेत्रकाे विकासका लागि गम्भीर नभएकाे भन्दै सांसद् विष्टले सरकारले जलस्राेतका लागि आवश्यक पर्ने नीति कार्यक्रम र बजेट विनियाेजन गर्न नसकेकाे ताउनुभयाे ।
शब्द र नारामा गठबन्धन सरकारले विकासका धेरै कुरा अगाडि बढाएकाे तर यथाेचित सम्बाेधन गर्न नसकेकाे बताउँदै उहाँले भन्नुभयाे - 'विगतका २ सरकारका बजेटमा उर्जा क्षेत्रमा कुल खर्च अनुमानकाे ७ दशमलव ४ प्रतिशत र ७ दशमलव २ प्रतिशत बजेट विनियाेजन भएकाे थियाे भने याे सरकारले आगामी वर्षकाे कुल बजेटकाे जम्मम ६ प्रतिशत विनियाेजन गरेकाे छ, यसले उर्जा क्षेत्रकाे विकासका लागि जलस्राेतकाे विकासमार्फत राष्ट्रिय समृद्धि प्राप्ति गर्ने दिशामा कति गम्भीर छ भन्ने पुष्टि गरेकाे छ ।'
सरकारले शब्द र नारा थुप्रै राखेकाे तर उर्जाकाे विकासका लागि सही ढंगले बजेट विनियाेजन नगरेकाे उहाँले बताउनुभयाे । कुनै पनि देशकाे आर्थिक विकास, पूर्वाधार विकास र राेजगारी सिर्जनाका लागि उर्जाकाे निक्कै ठूलाे भूमिका रहने र नेपालका लागि पनि उर्जाविकास आर्थिक समृद्धि,राेजगारी सिर्जना र गुणस्तरिय जीवनकाे मुख्य आधार भनेकाे उर्जा र जलस्राेतकाे विकास भएकाे सांसद् विष्टले बताउनुभयाे ।
नेपालमा जलस्राेतकाे विकास राम्राेसँग हुन नसकेकाे समेत विष्टले बताउनुभयाे । आफूहरुकाे पुस्ता विकासको गफ गर्दागर्दै सकिने अवस्था देखिएकाे उहाँले बताउनुभयाे । १ सय १२ वर्षको अवधिमा नेपालमा कुल जडित क्षमतामा २ हजार १ हजार ७१ मेगावाट विजुली उत्पादन भएकाे उहाँले बताउनुभयाे । जसमा नेपाल विद्युत प्राधिकरणले ४ सय ४६ मेगावाट, अन्य सहायक कम्पनीले ५ सय ३८ मेगावाट, निजी क्षेत्रको अगुवाइमा ९ सय ८६ मेगाावाट रहेकाे र त्यसलाई पीपीपी मोडलमा हेर्दा ७०.१९ मेगावाट विजुली उत्पादन भएकाे उहाँले बताउनुभयाे ।
'जलस्राेतकाे विकासमार्फत राष्ट्रको समृद्धि प्राप्त गर्छौं, रोजगारी सिर्जना गर्छौं, देशलाई रुपान्तरण गर्छौं, पूर्वाधार निर्माण गर्छौं भनिरहेका छौं,यो एक प्रकारले ११२ वर्षको अवधिले हामीलाई मजाक गरिरहेको छ, खिल्ली उडाइरहेको छ, कतै हाम्राे पुस्ता विकासको गफ गर्दागर्दै समाप्त हुने त हाेइन भन्ने प्रश्न पैदा भइरहेकाे छ'-विष्टकाे भनाइ छ ।
छिमेकी मुलुकले उर्जा विकासमा राम्राे प्रगति गरेकाे बताउँदै उहाँले भन्नुभयाे - 'सन् २०१९ को एउटा तथ्यांक चीनमा कुल जडित क्षमतामा २० लाख मेगावाट, भारत २०२२ को तथ्यांकले कुल जडित क्षमतामा ३ लाख ९९ हजार ४९७ मेगावाट र बंगलादेशमा २५ हजार ५१४ मेगावाट उत्पादन गर्ने गरेका छन् ।'
आफू उर्जामन्त्री पश्चिम सेती आयाेजनालाई विदेशी कम्पनिबाट फिर्ता लिइएनि अहिलेसम्म अगाडि बढ्न नसकेकाे भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयाे । 'साे आयाेजना अहिले रानीतिक र अवाच्छित स्वार्थ त जाेडिएकाे छैन ?'- विष्टकाे प्रश्न छ । आफू उर्जामन्त्री भएकाबेला बुढीगण्डकाे अध्ययन गरिएपनि ११ वर्ष बितिसक्दा अगाडि बढ्न नसकेकाे बताउनुभयाे । सरकारले त्यतातिर ध्यान दिन नसकेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे ।
पश्चिम सेती,नलगाड,पश्चिम सेती कति समयभित्र,कति लागतमा कुन माेडलमा कसले निर्माण गर्ने यकिन नहुँदासम्म यी आयाेजनाहरु अगाडि नबढ्ने ठाेकुवा गर्नुभयाे । 'हामी जलस्राेत र उर्जाकाे विकासका कुरा गरिरहने,हाम्राे पानी बगिरहने यहि विणम्बना हामीले भाेग्नुपर्नेछ'-सांसद् विष्टले भन्नुभयाे । यी आयाेजनाहरु निर्माणमा सरकार स्पष्ट हुन नसकेकाे पनि उहाँले बताउनुभयाे ।
गतवर्ष ४ सय मेगावाट बिजुली भारतबाट आयात गरिएको र त्यसमा २१ अर्ब ५० करोड बराबर रकम बाहिरिएको भन्दै उहाँले भन्नुभयाे - 'दुई दिन अगाडि २५ गतेको दिन ९५ मेगावाट बिजुली भारतबाट आयात गरेका छौँ, आगामी वर्ष १२ अर्ब बिजुली आयात गर्ने सम्भवाना देखा परेको छ, यद्यपि २५ गते नै १५८ मेगावाट राति भारततर्फ निर्यात गरिएकाे छ ।'
यद्यपि वर्षायाम र हिउँदेयामको विद्युत उत्पादनको अन्तर निकै कम हुने विष्टले बताउनुभयाे । सुख्खायाममा बाहिरबाट विद्युत आयात गर्नुपर्ने अवस्था रहेको भन्दै उहाँले यसलाई सम्बोधन गर्नेगरी जलासययुक्त आयोजना निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयाे । तर सरकारले यसका लागि बजेट र कार्यक्रम नै नराखेकाे उहाँले बताउनुभयाे ।
सरकारले भनेअनुसार इन्डक्सन चुल्हाे प्रयाेग गर्दा १२ हजार मेगावाट बढि विद्युत चाहिने भन्दै उहाँले नेपालमा अहिले २ हजार १ सय ७१ मात्र रहेकाे बताउनुभयाे । नदी नियन्त्रणका लागि गुरुयाेजना अगाडि बढाउनुपर्ने पनि उहाँले बताउनुभयाे ।
