काठमाडाैं । सांसदहरुले हत्याहिंसा बलात्कारका घटना बढिरहेकाले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसदहरुले दैनिक हत्या, हिंसा र बलात्कारका घटना नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद दुर्गा पौडेलले विनियोजन विधेयक–२०७९ अन्तर्गतको परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयको शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै अहिले पनि हत्या लुट बढ्दै गइरहेको भन्दै त्यसलाई रोक्न सरकार असफल भएको बताउनुभयो ।
उहाँले हत्या, हिंसा र बलात्कारका घटनामा सरकारले गम्भीर ढङ्गले अनुसन्धान नगरेको आरोप लगाउनुभयो । “हत्या हिंसा र बलात्कारका घटनामा अनुसन्धान फितलो भएको छ, छिटोछरितो पीडितले न्याय पाउने खालको अनुसन्धान भएको छैन”, उहाँले भन्नुभयो । कालोबजारी, घुसघोरी गुण्डागर्दी रोक्न गृह मन्त्रालयल असफल भएको उहाँको आरोप थियो ।
सांसद खगराज अधिकारीले मुुलुकमा शान्तिसुरक्षा कायम गर्न नसकेको बताउनुभयो । “हत्या, हिंसा घटना दिनहुँ भइरहेका छन्, विभिन्न ठाउँमा शान्तिसुरक्षा अवस्थाको अवस्था फितलो रहेको छ”, उहाँले भन्नुभयो । उहाँले नेपाल–भारत सीमासुरक्षामा खटिने सुरक्षाकर्मीलाई सवारीसाधन उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले दार्चुलाका जयसिंह धामीको मृत्युबारे छानविन गरेर प्रतिवेदन संसद्मा ल्याएर सार्वजनिक गर्न माग गर्नुभयो । “छानविन प्रतिवेदन किन संसद्मा ल्याइएन् ? त्यसको क्षतिपूर्ति ?”, भनी उहाँले प्रश्न गर्नुभयो ।
सांसद प्रेम सुवालले भारतले नेपालको सिमाना अतिक्रमण गर्दा सरकारले केही गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले नेपाली भूमि डुब्नेगरी भारतले बनाइएका बाँध भत्काउनुपर्नेमा जोडनुभयो । उहाँले नेपाल–भारतमा खुला सिमाना पर्याप्त सीमा चौकी राख्न माग गर्नुभयो ।
सांसद दीपकप्रकाश भट्टले सिङ्गो विकासको एउटा नीतिलाई लिएर सरकार अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले आवश्यकताअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बजेट विनियोजन नभएकाले सिङ्गो पर्यटन क्षेत्रको प्रवर्द्धनमा समस्या देखिने बताउनुभयो ।
डाँचाराज वाग्लेको मृत्युबारे छानविन गर्न माग सांसद गिरिराजमणि पोखरेलले सर्लाहीका डाँचाराम वाग्लेको मृत्युका सम्बन्धमा गहनरुपले छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभयो । बैठकको विशेष समयमा उहाँले डाँचारामको मृत्यका सम्बन्धमा सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान औपचारिकतामौ सीमित भएकामको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
'मिटरव्याज विरुद्धको आन्दोलनमा सर्लाहीका डाचाराम प्रतिगमन आन्दोलन विरुद्ध उहाँको रहस्यमय तरिकाले मृत्यु भयो', सांसद पोखरेलले भन्नुभयो, 'सरकारले सिआइबीमार्फत अनुसन्धानसमेत ग¥यो तर अपौचारिकता मात्र टुङ्ग्याउने हिसाबले अनुसन्धान गरेको छ ।'
प्रधानाध्यापक कुट्नेलाई कारबाही होस्: सांसद खतिवडा
सांसद घनश्याम खतिवडाले यही जेठ २४ गते मोरङको रत्नमाई नगरपालिका वडा नंं ९ का जनता माविका प्रधानाध्यापक ईश्वर खनाललाई कुटपिट गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँले प्रधानाध्यापक खनाललाई सोही वडाका वडाध्यक्ष इन्द्रबहादुर लिम्बूले नेपाली कांग्रेसको पार्टी कार्यालयमा बोलाई सन्तोष घिमिरेमार्फत निर्मम तरिकाले कुटपिट गराएको बताउनुभयो ।
सांसद खतिवडाले शिक्षकलाई विनाकारण कुटिएको हुँदा पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।
धादिङको पहिरो पीडितलाई तत्काल उद्धार गरौँ: सांसद लोहनी सांसद प्रेमप्रसाद लोहनीले धादिङमा त्रिपुरा सुन्दरी गाउँपालिकामा मुसलधारे पानी परेर मानिस घरभित्रै थुनिएकाले तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले कतिपय मानिस तथा चौपाया पहिराले पुरिएका हुँदा तत्काल उद्धार र पुनःस्थापनाका लागि सरकारसँग आग्रह गर्नुभयो । म माथि दुव्र्यवहार भयो: सांसद चौधरी
सांसद चन्दा चौधरीले गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका समयमा आफूमाथि करिव १०० जना आएर दुव्र्यवहार गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।“गत वैशाख २७ गते ममाथि दुव्र्यवहार भयो, करिव १०० जना मेरो घरमा आएर आमालाई गालीगलौज गर्ने काम गरे”, उहाँले भन्नुभयो, “त्यसको छोरीलाई छोड्न हुन्न, हातहतियार तयार गरौँ भनेर निर्दोष आमालाई तर्साउने काम गरियो ।
आफूलाई ४० मिनेटसम्म सुरक्षा दिएर लुकाएर राख्नुपरेको उल्लेख गर्दै उहाँले नेपालको सांसदमाथि हमला गर्ने प्रयास गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
–रासस
