काठमाडाैं । नेकपा एमालेकी सांसद् विन्दा पाण्डेले सदनमा विचाराधीन नागरिका विधेयक चाँडाे भन्दा चाँडाे पारित गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बोल्दै सांसद् पाण्डेले नागरिकताविहीन नागरिक नागरिकता विधेयक पारित भएकाे समाचारकाे प्रतिक्षामा रहेका बताउनुभयाे । 'राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएर आएकाे उक्त विधेयककाे प्रतिवेदन २ वर्षदेखि संसद्मा रहेकाे छ,सदनबाट कहिले पारित हुन्छ ?'-पाण्डेकाे प्रश्न छ ।
संविधानकाे धारा ५३ मा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितकाे वार्षिक प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसद् व्यवस्था गरेकाे भन्दै उहाँले यससम्बन्धी प्रतिवेदन पास हुन्छ कि हुँदैन भन्ने प्रश्न गर्नुभयाे ।
