काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले किसानलाई मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसद्हरुले धान राेप्ने समय भइसक्दा पनि मल किसानले मल नपाएकाे भन्दै ध्यानाकर्षण गराएपछि सभामुख सापकाेटाले सरकारलाई रुलिङ गर्नुभएकाे हाे ।
'खेतीकाे समयमा पनि मल उपलब्ध नभइरहेकाे समयमा मल उपलब्ध नभइरहेकाे सन्दर्भमा, माननीय सदस्यहरुले उठाउनुभएकाे कुरामा मेराे मेरो ध्यानाकर्षण भएको छ, यथाशीघ्र कृषकलाई मल उपलब्ध हुन सक्नेगरी व्यवस्थापन गर्न गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारकाे ध्यानाकर्षण गराउँछु'- सभामुखले भन्नुभयाे ।
बैठकको शून्य समयमा बोल्दै सांसद लक्ष्मी परियार,बिनादेवी बुढाथोकी लगायत सांसद्ले खेतीको समयमा पनि मलको अभाव भएको भन्दै तत्काल मल उपलब्ध गराउन सरकारकाे ध्यानाकर्षण गराएका थिए । समयमै किसानले मल नपाउने नियति अन्त्य गर्न यसकाे दीर्घकालिन समाधान खाेज्नुपर्ने सांसद्हरुकाे सुझाव छ ।
सांसद लक्ष्मी परियारले नीति तथा कार्यक्रममा किसान केन्द्रित निकै राम्रा कार्यक्रम आएपनि मल नपाउनु दु:खद भएको बताउनुभयो । त्यस्तै बताइन् । बिनादेततवी बुढाथोकीले मल समस्या समाधानका लागि सरकारले कुनै पहल नगरेको टिप्पणी गरिन् ।
