काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमा भएको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।
विनियोजन शीर्षकमाथिको छलफल आइतबार सकिएसँगै आजदेखि सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुन लागेकाे हाे । आजकाे बैठकमा ८ जना मन्त्रीले जवाफ दिने कार्यक्रम रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, सहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकका छलफलका क्रममा उठेका प्रश्नकाे सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् ।
