काठमाडौं । प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले सरकारले बजेट ल्याउनु अघि पालना गर्नु पर्ने सामान्य गोपनीयता पनि पालन नगरेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले विद्युतीय गाडीमा भन्सार महसुल बढाएको तथा स्वास्थ्य बिमाको जिम्मा निजी कम्पनीलाई दिन लागिएको भन्दै आपत्ति जनाउनुभयो । बैठकमा बोल्दै भट्टराईले अर्थमन्त्रीले रातारात कसैको प्रभावमा परेर भन्सार दरमा हेरफेर गरेको बताउनुभयो । ‘जबरजस्ती अर्थ मन्त्रीको निर्देशनमा राजस्व र भन्सार दर फेरबदल गरेर के गर्न खोजेको हो ?’, भट्टराईले प्रश्न गर्नुभयो । भट्टराईले फलाम, सेनिटरी प्याड, छाला जुत्ता लगायतका विषयमा समेत अर्थमन्त्रीले कसैको प्रभावमा परेर निर्णय गरेको टिप्पणी गर्नुभयो । अर्थमन्त्रीले बजेट बनाउने बेलामा जनघात मात्र होइन राष्ट्रघात गरेको बताउनुभयो । यस विषयमा प्रधानमन्त्रीको समेत ध्यान जानु पर्नेमा उहाँले जोड दिनुभयो ।
अर्थमन्त्रीले जनघात मात्र होइन, राष्ट्रघात गर्नुभएको छ : योगश भट्टराई
काठमाडौं । प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले सरकारले बजेट ल्याउनु अघि पालना गर्नु पर्ने सामान्य गोपनीयता पनि पालन नगरेको बताउनुभएको छ । सोमबार...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
