काठमाडौं । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा रासायनिक मल अति सार्वजनिक महत्त्वको विषय बनेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पेस गर्नुभएको अति जरुरी सो सार्वजनिक महत्त्वको प्रस्तावमा भाग लिँदै सांसदहरूले सरकारकारको कडा आलोचना गर्नुभएको छ ।
सांसद विमला विश्वकर्मा मल नभएको कारण किसानले धानको बिउ समेत राख्न नपाएको बताउनुभयो । ‘किसान मलको अभावमा भतारिँदै हिँडेका छन्, सरकार कुनै पनि समस्या नभए झैँ टुलुटुलु हेरिरहेको छ’, उहाँले भन्नुभयो ।
कृषि मन्त्री मल खोज्न जानुभएको भए पनि खालि हात फर्किएको भन्दै उहाँले आलोचना गर्नुभयो । विश्वकर्माले प्रश्न गर्नुभयो, ‘मल खोइ मन्त्रीज्यू रु कहाँसम्म आइपुग्यो रु’
उहाँले मलको अभावको दीर्घकालीन समाधानको लागि ठुला ठुला गोदाम निर्माणको काम पनि अघि बढाउनु पर्नेमा जोड दिनुभयो । जनताको समस्या समाधान गर्न नसक्नेलाई सरकारको कुर्सीमा बस्ने अधिकार नरहेको उहाँले बताउनुभयो ।
