काठमाडाैं । सांसद् गणेशबहादुर गणेशकुमार पहाडीले विद्यार्थीलाई पाठ्यपुस्तक र किसानलाई मल उपलब्ध गराउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
एमालेले प्रतिनिधि सभामा पेस गरेकाे रासायनिक मल उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिकाे छलफलमा बाेल्दै सांसद् पहाडीले पाठ्यपुस्तक र मलबारे जनताले साेध्दा आफू जवाफबिहीन भएकाे गुनासाे गर्नुभयाे ।
'म जिल्लाकाे एउटा विद्यालयकाे कार्यक्रममा गएकाे थिएँ, विद्यार्थी भाइबहिनीले मलाई साेध्नुभयाे - माननीय ज्यू हामीले पाठ्यपुस्तक कहिले पाउँछाैं,तीनै विद्यार्थी भाइबहिनीका अभिभावकले यसपालीकाे मकैमा त घाेँगा लागेन-लागेन मल पाइएन-पाइएन अब हामीले धान पनि राेप्न नपाइने भयाैं राेपेकाे धान पनि नफल्ने भयाे, हामीले मल कहिले पाउँछाैं ? भन्नुभयाे, मैले भनेँ याे विषयमा हामीले संसद्मा कुरा उठाइरहेका छाैं'-पहाडीकाे भनाइ छ ।
मन्त्रीस्तरबाट मलकाे समस्या समाधान नहुने भन्दै उहाँले प्रधानमन्त्री तहबाटै छिमेकी मुलुकका राष्ट्र प्रमुखसँग जिटुजी वा राजनीतिक वार्ता गरेर तत्काल समस्या समाधान गर्न आग्रह गर्नुभयाे । मलकाे दीर्घकालीन समस्या समाधानका लागि मल कारखानाकाे याेजना अगाडि बढाउनुपर्ने सांसद् पहाडीकाे सुझाव छ ।
