काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले नेपाल सरकारले सरकारदेखि सरकारसम्म मल आयातको विषयमा भारतसँग राम्रोसँग कुरा गर्न नसकेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै खेती लगाउने बेलामा पाँच दलीय गठबन्धनले मल आयात गर्न नसकेको बताउनुभयो । भारतलाई जी टु जी अन्तर्गत अरुण ६ सय मेगावाटको विद्युत् आयोजन उपहार दिँदा नेपालमा जी टु जी अन्तर्गत मल किन आएन भनेर प्रश्न गर्न नसकेको भन्दै उहाँले आलोचना गर्नुभयो । गठबन्धन सरकार भएको कारण सोचे जस्तो सबै काम गर्न नसकेको भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवलाई आरोप लगाएको भन्दै मल अभावको विषयमा उहाँहरूले पनि संसद्मा आएर जवाफ दिनुपर्ने उहाँले बताउनुभयो । मल लिन भारत जानुभएको भनिएका कृषि मन्त्री मल लिन हो कि चामल लिन जानु भएको हो ? भन्दै सुवालले प्रश्न गर्नुभयो । ‘दाल, चामल सबै भारतबाट ल्याएर खाद्य सम्प्रभुता कसरी हुन्छ ?’, उहाँले भन्नुभयो । विश्वमा सबैभन्दा धेरै मल बिक्री गर्न राष्ट्र मध्येको एक रुसका विरुद्ध संयुक्त राष्ट्र संघमा नेपालले मतदान गरेको कारण अहिले मलको अभाव भएको उहाँले बताउनुभयो । मल कारखाना स्थापना गर्न कसैको ध्यान नजानुको पछाडि मल खरिदमा कमिसनको खेल रहेको उहाँले प्रष्ट पार्नुभयो ।
कृषि मन्त्रीलाई प्रेम सुवालको प्रश्न : भारत मल लिन जानु भएको कि, दाल–चामल लिन ?
काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले नेपाल सरकारले सरकारदेखि सरकारसम्म मल आयातको विषयमा भारतसँग राम्रोसँग कुरा गर्न नसकेको बताउनुभएको छ । सोमबार...
SUNRISE KHABAR
1 min read
