काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले विश्व बजारकै कारण नेपालमा सहज रूपमा मल आपूर्ति हुन नसकेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा मल अभावको सार्वजनिक महत्त्वको प्रस्ताव माथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आपूर्तिकर्ताले समयमा नै मल उपलब्ध गराउन नसक्दा किसानले खेतीको बेलामा मल पाउन नसकेको बताउनुभयो । मन्त्री यादवले युक्रेन र रुस बिचको युद्धको कारण पनि मल आपूर्तिमा समस्या भएको बताउनुभयो । सोही युद्धकै कारण मलको मूल्य बढेको प्रष्टीकरण दिनुभयो । बोलपत्र आह्वान भएको २ सय २६ दिनमा मात्र मल गोदाममा पुग्ने भएकोले पनि मल आयात प्रक्रियामा ढिलाइ हुने उहाँले बताउनुभयो । उहाँले असारको दोस्रो हप्तादेखि युरिया र तेस्रो हप्ताबाट डीएपी मल नेपाल भित्रने सम्भावना रहेको बताउनुभयो । ‘टेण्डर प्रक्रियाबाट कुनै पनि सरकारले समयमा मल खाद आपूर्ति गर्न सक्दैन’, उहाँले भन्नुभयो । नेपालमा मल खादको सहज आपूर्तिको लागि देशमा नै मल कारखाना स्थापनाको विकल्प नभएको उहाँले बताउनुभयो । सो कारखाना स्थापना नभएसम्म स्वचालित मूल्य प्रक्रिया अनुसार मल आयात गर्ने प्रक्रिया अघि बढाउनु पर्ने उहाँको सुझाव छ । ‘यसको तेस्रो विकल्प जी टु जी नै हो’, उहाँले भन्नुभयो ।
आपूर्तिकर्ताले समयमा नै मल नल्याउँदा संकट पर्यो : महिन्द्र राय यादव
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले विश्व बजारकै कारण नेपालमा सहज रूपमा मल आपूर्ति हुन नसकेको बताउनुभएको छ...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
