काठमाडाैं । प्रतिनिधि सभाको बैठक आजपनि बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा १० जना मन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ । बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय , शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्रीले सम्बन्धित मन्त्रालयमा उठेका प्रश्नकाे जवाफ दिनेछन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रीले पनि आफ्नो मन्त्रालयमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
