काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माको जवाफ सुन्न अस्वीकार गरेको छ ।
मंगलबार बसेकाे प्रतनिधि सभा बैठकमा समय लिएर बाेल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले अर्थ मन्त्रालय बाहिरका व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले बजेटमा राजश्वको दरहरु परिवर्तन गरेको विषयमा स्पष्टीकरण नआएसम्म अर्थमन्त्रीको जवाफ नसुन्ने बताउनुभयाे । अर्थमन्त्रीले जवाफ दिने कार्यसूची हटाउन उहाँले माग गर्नुभयाे ।
‘मन्त्रीको काम कारवाहीमा यत्रो प्रश्न उठेपछि हामी उहाँको जवाफ सुन्न र छलफलका लागि विल्कुल तयार छैनौं, कार्यसूचीबाट अर्थ मन्त्रालयको जवाफ दिने विषय हटेपछि मात्र हामी छलफल गर्न तयार छौं'-उहाँले भन्नुभयाे ।
भट्टराईले बाेलेपछि एमाले सांसद्ले दोस्रो पटक उभिएर विरोध जनाए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले त्यसमा ध्यानाकर्षण भएको बताउनुभयाे ।
