काठमाडाैं । नेकपा एमालेका सांसद् सूर्य प्रसाद पाठकले त्रिचन्द्र क्याम्पसकाे नयाँ भवन निर्माणबारे सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पाैडेलले दिएकाे जवाफमा स्पष्टिकरण साेध्ने क्रममा सांसद् पाठकले साे विषयमा ध्यानाकर्षण गराउनुभएकाे हाे ।
भूकम्पले क्षतविक्षत भएकाे त्रिचन्द्रकाे भवन निर्माण गर्न माग गर्दै विद्यार्थीहरु आन्दाेलित भएकाे भन्दै उहाँले साे आन्दाेलनमा आफ्नाे एेकिबद्धता रहेकाे बताउनुभयाे । 'भवन निर्माणकाे माग गर्दै विद्यार्थीहरु आन्दाेलित भएका छन्, त्रिचन्द्र क्याम्पसकाे नयाँ भवन निर्माणकाे कार्य कहिलेबाट प्रारम्भ हुन्छ ?'- पाठककाे प्रश्न छ ।
भवन निर्माणकाे माग गर्दै त्रिचन्द्रका विद्यार्थी आन्दाेलित भएका छन् । उनीहरुले आजदेखि सडकमै पढेर विराेध जनाएकाे छन् ।
८ कक्षासम्म नि:शुल्क दिवा खाजा झुठ सावित भएकाे बताउँदै उहाँले प्रश्न गर्नुभयाे - 'झुठ कार्यक्रम सार्वजनिक गरेवापत सरकारले माफी माग्छ कि माग्दैन ?'
