काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्रराज पौडेलले शिक्षा क्षेत्रमा विगतको भन्दा बजेट बढेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले बजेट बनाउने बेलाको छलफलमा पनि आफूले शिक्षामा धेरै बजेट विनियोजन गर्न प्रस्ताव गरेको बताउनुभयो । त्यस पछि पनि आफूले निरन्तर बजेट बढाउन आग्रह गरेको उहाँले जानकारी दिनुभयो । ‘२० प्रतिशत पाएको भए राम्रो हुन्थ्यो, तर पनि सबै मन्त्रालयभन्दा बढी विनियोजन भएको छ’, पौडेलले भन्नुभयो । मन्त्री पौडेलले सांसदहरूले गरेको पूरक प्रश्नको जवाफ दिँदै अहिले सामुदायिक विद्यालयको गुणस्तर पनि सुधार हुँदै गएको बताउनुभयो । कतिपय सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठन पाठन सुरु गरेको उहाँले जानकारी दिनुभयो । केही प्रधानाध्यापक र शिक्षकहरूले धेरै मेहनते गरेको बताउँदै त्यस्ता प्रधानाध्यापकलाई केही सहयोग गर्ने गरी सरकारले नीति बनाएर काम गर्न लागेको उहाँले जानकारी दिनुभयो । आफ्नै देशको शिक्षा आफैले गुणस्तरीय छैन भन्न नमिल्ने उहाँले बताउनुभयो । नेपालको शिक्षा गुणस्तरको छैन भनेर युवालाई निराश बनाउन नमिल्ने उहाँको भनाई छ । विश्वका राम्रा विश्वविद्यालयको सिकाई उपलब्धि ६० लेखि ६५ प्रतिशत रहेकोमा नेपालमा ३० प्रतिशत रहेको उहाँले बताउनुभयो । त्यसैले यसलाई सुधार गर्नु पर्ने भए पनि केही पनि भएको छैन भन्न नमिल्ने पौडेलको टिप्पणी छ । पौडेलले यस वर्षदेखि २ हजार बढी विद्यार्थी भएका सार्वजनिक विद्यालयमा बसको व्यवस्था गर्ने बताउनुभयो । कतिपय दुर्गम स्थानमा आवासीय विद्यालय सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । शिक्षक दरबन्दी देश भरिनै अपुग भएकाले आईसीटी विधिको प्रयोग गरेर भए पनि शिक्षण प्रक्रियालाई अघि बढाउने उहाँले बताउनुभयो ।
सामुदायिक विद्यालयको शिक्षा गुणस्तर सुधार हुँदै छ : देवेन्द्रराज पौडेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्रराज पौडेलले शिक्षा क्षेत्रमा विगतको भन्दा बजेट बढेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा विनियोजन...
SUNRISE KHABAR
1 min read
