काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले दिगो विकास लक्ष अनुसार २०३० सम्म आधारभूत स्तरको खानेपानीको शत प्रतिशत पुर्याउने गरी काम गर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले मन्त्रालय अन्तर्गत दिगो सरसफाईका कार्यक्रम पनि सञ्चालन भइरहेका बताउनुभयो । ढल सम्बन्धी योजना र कार्यक्रम सञ्चालन गर्न आवश्यक जनशक्ति जुटाई आउने आर्थिक वर्षबाट काम थाल्न बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । खानेपानी तथा सरसफाई तीनवटै तहको साझा अधिकार भएकोले तीन वटै तहबाट कार्यक्रम सञ्चालन भइहरेको चौधरीले बताउनुभयो । केन्द्रले ठुला, प्रदेशले मझौला र स्थानीय तहले साना खानेपानीको योजना सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले दिगो खानेपानीको लागि मूल र जलाधार संरक्षण गर्नु आवश्यक रहेकोले सोही अनुसारका कार्यक्रम बनाइएको बताउनुभयो । ‘मूल फुटाऊ अभियानलाई अभियानकै रूपमा सञ्चालन गरिएको छ’, उहाँले भन्नुभयो ।
खाने पानीका मूल फुटाऊ अभियान सञ्चालन गर्दै छौँ : उमाकान्त चौधरी
काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले दिगो विकास लक्ष अनुसार २०३० सम्म आधारभूत स्तरको खानेपानीको शत प्रतिशत पुर्याउने गरी काम गर्ने बताउनुभएको...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
