काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् गिरिराजमणि पाेखरेलले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता स्वीकार गरी गल्ती नगर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्री डा.नारायण खड्काले जवाफ दिएपछि त्यसमा स्पष्टिकरण साेध्दै सांसद् पाेखरेलले साे विषयमा सरकारकाे ध्यानार्षण गराउनुभयाे ।
'आर्थिक सहयाेगका नाममा एमसीसी स्वीकार गरेर आर्थिक र सामरिक याेजना भइसकेकाे पृष्ठभूमिमा एसपीपी स्वीकार गरी अर्काे गल्ती नगरियाेस्,यसबारे नेपाल सरकारले आफ्नाे स्पष्ट दृष्टिकाेण सार्वजनिक गराेस्'-उहाँले भन्नुभयाे ।
एमसीसी सम्झाैताकाे व्याख्यात्मक घाेषणा सार्वजनिक गर्न पनि सांसद् पाेखरेलले माग गर्नुभयाे ।
