काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने कुरा झुटा र कपोलकल्पित रहेको दाबी गर्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रालयकाे बजेटमाथि सांसद्ले उठाएका प्रश्नकाे जवाफ दिने क्रममा मन्त्री शर्माले आफूमाथि लागेकाे आराेपकाे खण्डन गर्नुभएकाे हाे ।
'बजेट निर्माण गर्दा राजस्वका दर चलाउन कुनै मानिस रातकाे १२ बजे आएर चलखेल गर्याे भन्ने विषय अत्यन्त भ्रामक, कपाेकल्पित र एउटा झुटा कथा बनाइएकाे छ, यसको खण्डन, खारेजी गर्न चाहन्छु'-अर्थमन्त्रीकाे दाबी छ ऽ
कानुनी र आधिकारिक रुपमा गरेकाे बजेट निर्माओ गरेकाे उहाँकाे दाबी छ । बजेट निर्माणका लागि अर्थ मन्त्रालयका सचिव र राजस्व सचिव नेतृत्वका समितिले गरेको दाबी पनि मन्त्री शर्माले गर्नुभयाे ।
