काठमाडाैं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक गर्दैछन् ।
संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारहरुले कार्यकालकाे अन्तिम वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । आज बस्ने प्रदेश सभा बैठकमा सात वटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्न लागेका हुन् ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन-२०७४ अनुसार सबै प्रदेशले हरेक असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । साेही कानुनी प्रावधानअनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् ।
संघ सरकारले भने जेठमा १५ बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ ।
