काठमाडाैं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले 'कुमारी आमा' निहारिका राजपुतकाे विषयमा सरकारले तत्काल केही गर्न नसक्ने बताउनु भएकाे छ ।
विनियोजन विधेयक अन्तर्गत कानुन मन्त्रालयको छलफलमा उठेका प्रश्नको बुधबार प्रतिनिधि सभामा जवाफ दिँदै मन्त्री शर्माले तत्काल सरकारले केही गर्न नसक्ने बताउनुभयाे निहारिकाकाे विषयमा उच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै उहाँले तत्काल केही गर्ने अवस्था नरहेकाे बतार्नुभयाे ।
अदालतको काम कारवाहीमा सरकारले हस्तक्षेप गर्न नमिल्ने भन्दै उहाँले विचाराधीन मुद्दामा सरकारले केही गर्न नसक्ने बताउनुभयाे । 'निहारिकाको विषयमा अनुसन्धान नभएको होइन, मुद्दा अदालतमा पुगेकै हो, संविधानले नै स्वतन्त्र न्यायापालिकाको परिकल्पना गरेको छ, जिल्ला अदालतले गरेको फैसला चित्त नबुझेपछि उच्च अदालतमा मुद्दा परेको छ र उच्च अदालतमा मुद्दा विचाराधीन छ, अदालतमा विचाराधीन मुद्दामा सरकारले केही गर्न सक्दैन,याे अदालतकै काम हाे' - मन्त्री शर्माकाे भनाइ छ ।
