काठमाडौं । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९-८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ ।
प्रदेश सरकारका आर्थिक मामिल तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार बसेकाे प्रदेश सभा बैठकमा ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
जसमा चालुतर्फ १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ र पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख रुपैयाँ छ । वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख र वित्तीय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएकाे मन्त्री जम्मकट्टेलले जानकारी दिनुभयाे ।
हेर्नुस् पूर्णपाठ:
