काठमाडाैं । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले नाैमुरे जलविद्युत आयाेजना निर्माणकाे विषयमा सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबारकाे प्रतिनिधि सभा बैठकमा उर्जा जलस्राेत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई प्रश्न गर्दै भुसालले भन्नुभयाे - 'अर्घाखाँची कपिलवस्तु प्यूठान दाङलाई फाइदा हुने नाैमुरे जलविद्युत आयाेजना कहिले प्रारम्भ हुन्छ ? प्रतिक्षामा छाैं ।' विगतका याेजना समेट्दा साे आयाेजना छुटेकाे भन्दा त्यसलाई समावेश गर्ने विश्वास भुसालले व्यक्त गर्नुभयाे ।
केपी ओली सरकारले २ सय ८२ मेगावाटकाे साे आयाेजना निर्माणका लागि प्रक्रिया अगाडि बढाएर काम थालेकाे थियाे । त्यसका लागि तत्कालीन उर्जा जलस्राेत तथा सिंचाई मन्त्री टाेपबहादुर रायमाझीले साे आयाेजनाकाे कार्यालय उद्घाटन गर्नुभएकाे थियाे । अर्घाखाँचीकाे शितगंगा नगरपालिका-७ लामातालमा कार्यालय स्थापना गरिएकाे छ । खाना पकाउने ग्यास ६० प्रतिशत सस्ताे हुने ग्यारेन्टी हुन्छ कि हुँदैन भनेर पनि भुसालले प्रश्न गर्नुभएकाे छ ।
