काठमाडाैं । नेकपा एमालेका सांसद् याेगेश भट्टराईले १० कराेड युनिट बिजुली प्रयाेग गर्नेलाई विद्युत महशुल छुट दिने विषयमा सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबारकाे प्रतिनिधि सभा बैठकमा उर्जा जलस्राेत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई प्रश्न गर्दै भट्टराईले भन्नुभयाे - 'बजेटमा १० कराेड युनिट बिजुली प्रयाेग गर्नेहरुलाई विद्युत महशुल छुट दिने भन्ने छ, ती भाग्यमानी व्यापारीहरु काे-काे हाेलान् ? सूचनाकाे हक पनि छ नाम सुन्न पाउँ ।'
मन्त्री भुसालले मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसद्ले उठाएका प्रश्नको जवाफमा स्पष्टिकरण साेध्ने क्रममा सांसद् भट्टराई तमाेर जलाशयकाे कुरा पनि उठाउनुभयाे । तमाेर जलाशय आयाेजनालाई बजेटमा नराखिएकाे भन्दै उहाँले त्यसबारे सरकारकाे धारणा पनि माग गर्नुभयाे ।
