काठमाडाैं । नेकपा एमालेका सांसद् गाेकुलप्रसाद बास्काेटाले विश्वकाे सर्वाेच्च शिखर सगरमाथा अरु देश विरुद्ध प्रयाेग भएकाे विषयमा सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसद् बास्काेटाले साे विषयमा गृहमन्त्री बालकृष्ण खाँडसँग जवाफ माग गर्नुभएकाे हाे । 'सगरमाथा अरु देशकाे विरुद्धमा प्रयाेग भयाे, त्याे गृहमन्त्री ज्यूलाई जानकारी छ कि छैन ? त्यहाँ कुनै देशका विरुद्ध किन झण्डा फहराइयाे किन प्लेकार्ड देखाइयाे जवाफ चाहियाे ?'-बास्काेटाकाे प्रश्न छ ।
रुसका पर्वतारोही तथा ब्लगर कात्या लिप्काले रुस-युक्रेन युद्धको विरोधमा सगरमाथामा युक्रेनको झण्डा प्रदर्शन तथा रुसी राष्ट्रपति पुटिनविरुद्ध प्लेकार्ड प्रदर्शन गरेकाे विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रश्न उठाएकाे हाे ।
मन्त्री खाँडले गृह मन्त्रालयका लागि विनियाेजित बजेटमाथि सांसद्ले उठाएकाे प्रश्नकाे आज जवाफ दिनुभएकाे हाे ।
