काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले बजेटमाथिको छलफमा उठेका प्रश्नकाे जवाफ दिने कार्यसूची छ ।
रक्षामन्त्रीको जिम्मेवारी समेत सम्हाल प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालयसहि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि विनियाेजित बजेटमाथि सांसद्ले उठाएका प्रश्नको जवाफ दिनुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
अर्थ मन्त्रालयकाे बजेटमा उठेका प्रश्नकाे अर्थमन्त्री शर्माले पनि जवाफ दिने कार्यसूची छ । राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको बजेटमा उठेका प्रश्नकाे जवाफ दिने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएकाे छ ।
बुधबार राति साढे ९ बजेसम्म चलेको बैठकमा विभिन्न १० मन्त्रालयका सम्बन्धित मन्त्रीले बजेटमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।
अर्थमन्त्री शर्माकाे जवाफ भाग नलिने घाेषणा एमालेले गरिसकेकाे छ । अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई राखेर करकाे दर हेरफेर र बजेट निर्माण गरेकाे गम्भीर विषय सार्वजनिक भएकाे भन्दै एमालेले संसदीय छानबिन समितिकाे माग गरेकाे छ । जेठ १४ गते रातिकाे अर्थमन्त्रालयकाे सिसि टिभी फुटेज ल्याउन समेत एमालेले चुनाैती दिएकाे छ ।
