काठमाडौं । प्रतिनिधि सभा सदस्य ईश्वर पोखरेलले सत्ता गठबन्धनले अमेरिकासँग गर्न लागेको स्टेट पाटनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको अपराध छोप्न एमाले विरुद्ध कुप्रचारमा गरेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै पोखरेलले सभामुखसँग समय मागेर बोल्नु भएको थियो । सो क्रममा उहाँले तथ्य विपरीत पूर्वाग्रहपूर्ण तरिकाले गठबन्धनले प्रचार गरेको बताउनुभयो । २०१५ र २०१७ मा एसपीपीलाई सकारात्मक रहको भनेर नेपाल सरकारको तर्फबाट पत्र पठाउँदा सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री भएको उहाँले प्रष्ट पार्नुभयो । केपी ओली प्रधानमन्त्री र आफू परराष्ट्र मन्त्री हुँदा एसपीपीको विषयमा कुनै लिखत पठाएको भए संसद्मा ल्याउन उहाँले चुनौती दिनुभयो । त्यसको सबै जिम्मा आफू लिन तयार रहेको पोखरेलले प्रष्ट पार्नुभयो । नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा रहनुपर्छ भन्ने पक्षमा एमाले रहेको उहाँले बताउनुभयो । आफ्नो पालामा अमेरिकी अधिकारीसँग यस विषयमा प्रष्ट कुरा गरेको उहाँले बताउनुभयो ।
एसपीपीको बारेमा एमाले विरुद्ध कुप्रचार नगरियोस् : ईश्वर पोखरेल
काठमाडौं । प्रतिनिधि सभा सदस्य ईश्वर पोखरेलले सत्ता गठबन्धनले अमेरिकासँग गर्न लागेको स्टेट पाटनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको अपराध छोप्न एमाले विरुद्ध कुप्रचारमा...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
