काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभालाई वेवास्ता गर्नुभएकाे छ ।
कार्यव्यस्तताकाे कारण देखाउँदै प्रधानमन्त्री देउवा सदनमा उपस्थित हुनुभएन । बिहीबारकाे प्रतिनिधि सभा बैठकमा रक्षा मन्त्रालयकाे कार्यभार समेत सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले साे मन्त्रालयकाे बजेटमा उठेका प्रश्नकाे कार्यसूची थियाे ।
तर उहाँ आफू उपस्थित नभएर गृहमन्त्री बालकृष्ण खाँडलाई जवाफ दिन पठाउनुभएकाे छ । यसरी प्रतिनिधि पठाउन सक्ने व्यवस्था छ । तर एसपीपी सम्झाैताकाे विषयलाई लिएर चाैतर्फी आलाेचना भइरहेका बेला प्रधानमन्त्री उपस्थित नहुनुले प्रश्न उठाउने बाटाे देखिएकाे छ । साे विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने सांसद्हरुकाे माग छ ।
प्रधानमन्त्रीकाे उपस्थितिलाई लिएर नेमकिपाका सांसद् प्रेम सुवालले नियमापत्ति जनाएपछि सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण गृहमन्त्रीलाई तोकेर पत्र प्राप्त भएको जानकारी दिनुभयाे ।
सुवालले विदेश भएको भए कार्यभार तोकेको मन्त्री, बिरामी भएको भए चिकित्सकको प्रेस्क्रिप्सन आवश्यक पर्ने भन्दै प्रधानमन्त्री नै उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्नुभयाे ।
