काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा आबद्ध हुने कुनै सोंच नरहेको दाबी गर्नुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाका तर्फबाट बजेटमा उठेका प्रश्नकाे जवाफ दिने क्रममा मन्त्री खाँडले एसपीपीमा आबद्ध हुने कुनै निर्णय नेपालले नगरेको बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'एसपीपीमा आबद्ध हुने निर्णय नेपालले गरेकाे छैन, गर्ने साेंच पनि छैन, कुनै साेच राखेकाे पनि छैन ।' गृहमन्त्री खाँडले नेपाली भूमि कुनै मित्रराष्ट्र विरुद्ध प्रयाेग गर्न नदिनेमा सरकार दृढ रहेकाे बताउनुभयाे ।
