काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रतिनिधि सभामा गैरजिम्मेवार ढङ्गले प्रस्तुत हुनुभएको छ । बजेट बनाउने बेला भूतपूर्व सुब्बा सहितलाई राखेर करको दर हेरफेर गरेको आरोप खेपिरहनुभएका मन्त्री शर्माले मन्त्रालयमा को को आउँछ र जान्छ भन्ने कुरा आफूलाई थाह नुहुने भन्दै गैरजिम्मेवार जवाफ दिनुभएको हो । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री शर्माले भन्नुभयो, ‘सचिव र विज्ञहरू सहित बसेर मिटिङ गरेको कुरा र त्यसमा कुनै अन्यथा नभएको कुरा, कुन मान्छे बाहिर गयो, कुन मान्छे भित्र आयो मलाई थाहा हुने कुरा होइन, म साँढे ११ बजेपछि पौने १२ बजे गएर मैले पुलचोक क्वाटरमा गएर आराम गरेको छु, बिहान ६ बजे मन्त्रालय गएको कुरा पनि अवगत गराउन चाहन्छु’, उहाँले भन्नुभयो । उहाँले करको दायर घटबढ गरेको कुराको आफूले जिम्मेवारी लिने बताउनुभयो । त्यसमा आफूले सचिव र अन्य अधिकारी राखेर बैठक गरेको शर्माले बताउनुभयो । महिलाको स्वास्थ्यमा ध्यान दिएर सेनिटरी प्याड भारतबाट आयात गर्दा ९० प्रतिशत भन्सार छुट दिएको उहाँले बताउनुभयो । शर्माले बिस्कुट र चाउचाउ उद्योगलाई सहुलियत दिएको बताउनुभयो । व्यवसायीसँग छलफल गरेर त्यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।
अर्थमन्त्रीको गैरजिम्मेवार जवाफ : मन्त्रालय भित्र को आउँछ, को जान्छ मलाई थाहा हुने कुरा होइन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रतिनिधि सभामा गैरजिम्मेवार ढङ्गले प्रस्तुत हुनुभएको छ । बजेट बनाउने बेला भूतपूर्व सुब्बा सहितलाई राखेर करको दर हेरफेर...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
