काठमाडौं । नेकपा एमालेकी सांसद् रेखा कुमारी झाले कांग्रेस महामन्त्री गगनकुमार थापाप्रति कटाक्ष गर्नुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसद् झाले अमेरिकी सेना नेपाल आयो भने चारपाटे मुढाउनु भन्ने थापाकाे अभिव्यक्तिप्रति कटाक्ष गर्नुभएकाे हाे । एमसीसी सदनबाट अनुमोदन गर्ने बेला कांग्रेस महामन्त्री समेत रहनुभएका थापाले अमेरिकी सेना नेपाल नआउने र आइहाले आफूलाई थानकोट कटाइयोस् भन्नेखालकाे अभिव्यक्ति दिनुभएकाे थियाे ।
एमसीसी अनुमाेदनपछि अमेरिकी सेनाकाे नेपाल आउजाउ बाक्किएकाे र एसपीपी सम्झाैताकाे १० बुँदे मस्याैदा सार्वजनिक भएकाे भन्दै उहाँले अमेरिकी सेनालाई नेपालमा राख्ने अत्यन्तै दबाब आएको सुनिएकाे बताउनुभयाे ।
'१० बुँदेमा नेपालमा सेना राख्ने र नेपाली सेनाजस्तै अधिकार दिनुपर्छ भनिएको छ, यसअघि नेपालमा अमेरिकी सेना आउँदैन भनेर कुरा उठेको थियो, यदि अमेरिकी सेना आयो भने चारपाटे मुढाउने, थानकोट कटाउने, टुँडिखेलमा झुण्डिनेस मेत एक जना सत्ता पक्ष माननीयज्यूले गर्नुभएको थियो, अब अमेरिकी सेनालाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू झुण्डिने मेरो प्रश्न छ'- झाकाे भनाइ छ ।
