काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षी दललाई अपमान र बेवास्ता गरेको भन्दै आपत्ति जनाउनु भएको छ । बिहीबार प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीले बजेट बनाउँदा गोपनीयता काम नगरेको विषयमा संसदीय छानबिन समिति बनाउन गरेको माग प्रति सभामुखले बेवास्ता गरेपछि सुवालले संसदमा प्रमुख प्रतिपक्षीलाई ज्यूँदो लास बनाउने प्रयत्न भएको कडा टिप्पणी गर्नुभयो । ‘संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षीलाई ज्युँदो लास बनाउने प्रयास भयो, संसदीय व्यवस्थामा छाया सरकारलाई कम आँक्ने काम भयो, यो संसदीय व्यवस्था विपरीतको हो’, उहाँले भन्नुभयो । उहाँले सिंहदरबार भित्र अनधिकृत व्यक्ति पसेर करका दर घटाउने र बढाउने काम गर्दा पनि अर्थमन्त्रीले राजीनामा नदिएको भन्दै आपत्ति जनाउनुभयो । सुवालले यसको जिम्मा प्रधानमन्त्रीले लिएर अर्थमन्त्रीको राजीनामा लिनु पर्ने वा संसदीय छानबिन समिति गठन गर्नु पर्ने बताउनुभयो ।
प्रमुख प्रतिपक्षीलाई ज्युँदाे लास बनाउने प्रयास भयो : प्रेम सुवाल
काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षी दललाई अपमान र बेवास्ता गरेको भन्दै आपत्ति जनाउनु भएको छ । बिहीबार...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
