काठमाडाैं । नेकपा एमालेका सांसद् राजबहादुर बुढाले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् बुढाले राजनीतिक दल,सरकार,नेपाली सेना र अमेरिकी दूतावासबाट फरक-फरक धारणा आएकाले यसबारे प्रधानमन्त्री शेरबहादुर देउवाले नै प्रष्ट पार्नुपर्ने बताउनुभयाे ।
'विभिन्न पार्टीहरुलाई दाेष दिने कुरा भएकाे छ, अमेरिकी राजदतावासकाे एकखालकाे कुरा आइरहेकाे छ, विभिन् भ्रमहरु आइरहेका छन्, सत्यतथ्य कुरा के हाे ? कस-कसकाे पालामा के-के भएकाे छ ? सरकारले आफ्नाे तर्फबाट प्रस्तुत गराेस्, अमेरिका जानुभन्दा पहिले प्रधाननम्त्रीले आफैंले स्पष्ट भाषामा नेपाली जनताले बुझ्ने भाषामा सदनमा आएर स्पष्टिकरण दिनुपर्छ' - बुढाले भन्नुभयाे ।
प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण रक्षा मन्त्रालयकाे बजेटमा उठेका प्रश्नकाे जवाफ दिनुभयाे ।
