काठमाडाैं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ ।
अमेरिकी स्टेट पार्टनरसीप पाेग्रामका (एसपीपी) सम्झाैताबारे छलफल गर्न समितिले शुक्रबार बिहान ९ बजे शर्मालाई बाेलाएकाे हाे । नेपाली सेनाले एसपीपीमा सहभागी हुन पठाएकाे भनिएकाे पत्र बाहिरिएसँगै संसदीय समितिले शर्मालाई बोलाएको हो ।
