काठमाडाैं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले 'सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९' र 'बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९' पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले 'सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसपछि विधेयक प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
गृहमन्त्रीले नै 'तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्नुहुने कार्यसूची छ । गृहमन्त्रीले नै 'नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९' लाई प्रस्तुत गर्ने कार्यसूची छ ।
