काठमाडाैं । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झाैतामा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई मुछ्ने काम गरिएको भन्दै आपत्ति जनाउनुभएकाे छ ।
शुक्रबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै नेपाली कांग्रेसका सांसले पन्थले प्रमुख प्रतिपक्षी नेकपा एमालेले एसपीपीमा काेइरालालाई मुछ्ने काम गरेकाे बताउनुभयाे । हुँदै नभएकाे सम्झाैतामा निष्ठावान नेता काेइरालालाई मुछ्नु खेदजनक भएकाे उहाँकाे भनाइ छ ।
सांसद् पन्थले साे सम्झाैता केपी ओली नेतृत्वकाे सरकारले अगाडि सारेकाे दाबी समेत गर्नुभयाे । परराष्ट्र मामिलामा एमालेले धैर्य कायम गर्न नसकेकाे आराेप पनि लगाउनुभयाे । कूटनीतिक विषयमा सबै एकजुट हुनुपर्ने सांसद् पन्थकाे भनाइ छ ।
सरकारले र कांग्रेसले याे सम्झाैताबारे प्रष्ट पारिसकेकाे भन्दै उहाँले यसलाई अतिरञ्जित पार्न नहुने सुझाव दिनुभयाे ।
