काठमाडाैं । नेकपा एमालेका सांसद् याेगेश भट्टराईले ताप्लेजुङका पहिराे पीडितलाई तत्काल राहत दिन सरकारसँग गराउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् भट्टराईले बिहीबार राति अविरल वर्षासँगै आएकाे पहिराेले ताप्लेजुङमा मानवीयसँगै भाैतिक क्षति भएकाे बताउनुभयाे ।
सिरिजङगा गाउँपालिका-७ खेवाङमा पहिराे जाँदा २ जनाकाे ज्यान गएकाे र १ जना गम्भीर घाइते भएका उहाँले जानकारी दिनुभयाे । उहाँका अनुसार सिरिजंगा-७ खेवाङमा पहिरोले घर बगाउँदा स्थानीय तुलसा अधिकारी र यशोदा अधिकारीको निधन भएकाे तथा बिष्णु अधिकारी गम्भीर घाइते भएका छन् ।
बर्षा र पहिरोले ताप्लेजुङकै मामांखे, सीनाम, खेवाङ, खेजेनिम, लिङ्खिम, सिदिङ्मा, मिरिङ्देन् लगायत दर्जनौं ठाउँमा बाली-नाली र चौपायको क्षती भएको सांसद् भट्टराईले जानकारी दिनुभयाे । पहिराे प्रभावित क्षेत्रमा विद्युत तथा सञ्चार सेवा अबरुद्ध भएकाे र सडक यातायात ठाउँ-ठाउँमा अबरुद्ध भएको भन्दै उहाँले त्यसलाई
घाईतेको सम्पूर्ण उपचारको प्रबन्ध गर्न सरकारसँग माग गर्दै सांसद् भट्टराईले भन्नुभयाे - 'पीडितहरुलाई राहत र क्षतिपूर्तिका लागि सरकारसँग माग गर्दछु ।'
