काठमाडाैं । प्रतिनिधि सभामा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) सहित ३ विधेयक पेस भएका छन् ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्नुभएकाे हाे । आजकाे बैठकमा प्रतिनिधि सभाको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ र ‘बीमा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पनि पेस गर्नुभयाे ।
