काठमाडाैं । राष्ट्रिय सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य माननीय नारायण दत्त मिश्रले अध्यागमन विधेयक, २०७६ सहित विभिन्न विधेयक पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
मिश्रले अनुगमन तथा मूल्यांकन विधेयक, २०७६, प्रतिलिपी अधिकार (पहिलो संशोधन) विधेयक, २०७६, विद्युत विधेयक, २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७, सार्वजनिक सेवा प्रशारण विधेयक, २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ पनि पेस गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
