काठमाडाैं । नेपाली कांग्रेसकी सांसद् अनिता देवकाेटाले दाङकाे काेइलावास नाकालाई पूर्ववत अवस्थामा सञ्चालन गर्न सरकारसँग माग गर्नुभएकाे छ ।
आइतबार बसेकाे राष्ट्रिय सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् देवकाेटाले बाटाे,बिजुली लगायत सबै भाैतिक पूर्वाधार हुँदा पनि नाका सञ्चालन हुन नसक्नु दु:खद भएकाे बताउनुभयाे ।
'कुनैबेला दाङकाे काेइलावास नाका नेपालका प्रमुख नाकामध्ये पर्थ्याे,अहिले त्यहाँ आयात र निर्यात नगन्य मात्रामा छ,दाङ लगायत राप्ती अञ्चलमा जिल्ला प्रभावित भएका छन्, पूर्ववर्ती रुपममा काेइलावास नाका सञ्चालनमा आहाेस् भनेर सरकारकाे ध्यानाकर्षण गराउन चाहान्छु'-उहाँले बताउनुभयाे ।
अमेरिकी पार्टनरसिप प्राेगाम (एसपीपी) काे बहसतर्फ लक्षित गर्दै उहाँले आफू सत्ता हुँदा निर्णय गर्ने र प्रतिपक्षमा हुँदा विराेध गर्ने काम भएकाे बताउनुभयाे । आफू सत्तामा छँदा निर्णय गर्ने र प्रतिपक्षमा जाँदा अरुलाई दाेषाराेपण गर्ने प्रवृत्ति बेइमानी प्रवृत्ति भएकाे भन्दै उहाँले याे प्रवृत्तिले मुलुकलाई समृद्ध गर्न नसक्ने बताउनुभयाे ।
