काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध संसद् सचिवालयमा उजुरी परेको छ ।
अधिवक्ताहरू अनुपम भट्टराई, किशोर पौडेल तथा रेजिना पाैड्यालले आइतबार संसद् सचिवालय सिंहदरबारमामन्त्री आले विरुद्ध उजुरी दिनुभएकाे हाे । आलेले प्रतिनिधि सभा सदस्यको आचार संहिताविपरित गतिविधि गरेको भन्दै प्रतिनिधि सभाको 'संसद् आचारण अनुगमन समिति' मा 'प्रतिनिधि सभा सदस्यको आचारसंहिता' उल्लंघनसम्बन्धी उजुरी परेको हो
आलेले विभिन्न व्यक्तिसँग टेलिफोन तथा प्रत्यक्ष भेटघाटका विषयमा अश्लील शब्द प्रयोग गरेको अडियो बाहिर आएकाे उल्लेख गर्दे साे अडिओको वास्तविकताबारे ल्याब परीक्षण गरी आवश्यक कारबाही गर्न उजुरीमा माग गरिएकाे छ ।
