काठमाडाैं । राष्ट्रिय सभा सदस्य भगवति न्यौपानेले सत्ता गठबन्धनले देशलाई चिथाेरिरहेकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे राष्ट्रिय सभा बैठककाे शून्य समयमा बाेल्दै एमाले सांसद् न्याैपानेले सरकार र सत्ता गठबन्धनले देशलाई काेपरिरहेकाे र नेपाल आमालाई रक्ताम्य पार्ने काम गरिरहेकाे बताउनुभयाे ।
अर्थमन्त्री प्रकरण,अमेरिकी स्टेट पार्टनरसीप प्राेगाम (एसपीपी),ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रकरणले यसकाे पुष्टि गरेकाे बताउँदै उहाँले भन्नुभयाे - 'यो देशलाई सत्ता पक्षले, पाँच दलीय गठबन्धनले, सरकारले कोपर्ने काम भएको छ, चिथोर्ने काम भएको छ, नेपाली आमालाई रगताम्य पार्ने काम भएको छ ।'
अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई राखेर बजेट बनाएकाे विषयमा छानबिन गर्न माग गर्दा प्रतिपक्षीमाथि औंला उठाएकाेमा उहाँले आपत्ति जनाउनुभयाे । अर्थमन्त्रीकाे सिसिटिभी फुटेज बाहिर ल्याउन र संसदीय छानबिन समिति बनाएर अर्थमन्त्रीमाथि छानबिन गराैं भन्ने कुरा गलत नरहेकाे उहाँले प्रष्ट पार्नुभयाे । 'अर्थमन्त्रीबारे थुप्रै प्रश्नहरु उठे, हामीले छानबिन समिति बनाउनु भनेका छौँ, बजेट निर्माणमा अनाधिकृत व्यक्तिहरुलाई राखियो भनेर धेरै उठ्यो, जनताले भने - हामीलाई तपाईंले ढाँट्न स्क्नुहोला, तर प्रविधिलाई ढाँट्न सक्नुहुन्न, त्यसैले सिसिटिभी फुटेज देखाइयोस् भन्यौँ, छानबिन समिति गठन गरियोस् भन्दा के गल्ती भयो ? फेरि पनि म भन्न चाहन्छु छानबिन समिति गठन गरियोस् ।'
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्रेम आलेले जनतालाई संस्कार सिकाउनुपर्नेमा आफैं अश्लिल शब्द प्रयाेग गरेर मन्त्री पदकै धज्जी उहाँले उडाएकाे बताउनुभयाे । संस्कृतिमन्त्रीकाे बाेली सुन्दा कान थुन्नुपर्ने अवस्था रहेकाे बताउँदै उहाँले भन्नुभयाे - 'अश्लील शब्द बोलेको अडियो सार्वजनिक हुँदा पनि यो सरकार मौन रहन्छ, संस्कार सिकाउने संस्कृति मन्त्रीले सुन्नै नसकिने कुराहरु बोल्नु आपत्तिजनक छ, मन्त्रीले प्रयोग गरेका अश्लील शब्दसहितको अडियो सार्वजनिक हुँदा पनि सरकार मौन रहनु आपत्तिजनक छ ।'
अहिले प्रधानमन्त्री शेरबहादुर देउवासँग जाेडिएका धेरै प्रश्न उठेका तर उहाँले सदनकाे वेवास्ता गर्नुभएकाे भन्दै आपत्ति जनाउनुभयाे । एसपीपी सम्झाैता एमालेले अस्वीकार गरिसकेकाे तथ्य रहेकाे भन्दै उहाँले सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभयाे । प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणबारे सदनमै आएर जवाफ दि
एमाले सरकारमा छँदा र प्रतिपक्षमा रहँदा पनि सधैं एउटै कुरा गर्ने गरेकाे बताउनुभयाे । सरकारका कमजाेरी औंल्याउँदा,राष्ट्रियताकाे कुरा गर्दा प्रतिपक्षले ठूलाे स्वर राख्नु हुँदैन भनिएकाे बताउँदै उहाँले भन्नुभयाे - 'सरकारका गलत कदम विरुद्ध हामी जनताले सुन्नेगरी बाेल्छाैं, छिमेकी भारत र चीनले सुन्नेगरी बाेल्छाैं, अमेरिकाले बाेल्छाैं ।'
