काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकमा प्रहरी सञ्चालन लगायत विभिन्न विधेयक प्रस्तुत गरिने सम्भावित कार्यसूची छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ संसदमा प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा 'आर्थिक विधेयक,२०७९ माथि' छलफल हुनेछ । 'आर्थिक विधेयक,२०७९ माथि' प्राप्त संशाेधनलाई निर्णयार्थ प्रस्तुतुत गरिनेछ । अर्थमन्त्री जनार्दन शर्माले 'आर्थिक विधेयक,२०७९' पारित गरियाेस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ । ।
अर्थमन्त्रीले नै 'राष्ट्र ऋण उठाउने विधेयक, २०७९' माथि सदनमा दफावार छलफल गरियाेस् भनि प्रस्ताव पेस गर्नुहुनेछ । अर्थमन्त्रीले नै 'राष्ट्र ऋण उठाउने विधेयक, २०७९' पारित गरियाेस भनि प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री शर्माले 'ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । 'ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९' माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । अर्थ मन्त्री शर्माले नै 'ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्' भनी प्रस्ताव पेस गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
