काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले इन्धनमा भएको मूल्यवृद्धिबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन दिनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकममा प्रमुख प्रतिपक्षी नेकपा एमालेले मूल्यवृद्धिबारे सरकारको जवाफ माग गर्दै सदन अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले रुलिङ गर्नुभएकाे हाे । एमाले संसदीय दलकाे तर्फबाट बैठककाे सुरुमै बाेल्दै सांसद् पद्मा अर्यालले पेट्राेलिय पदार्थ लगायतकाे मूल्यवृद्धि गर्नुपर्ने अवस्था किन आइलाग्याे यसबारे सम्बन्धित मन्त्रीले जवाफ दिनेगरी रुलिङ गर्ने सभामुखसँग आग्रह गर्नुभएकाे थियाे ।
सांसद् अर्यालले मूल्यवृद्धिबारे सरकारले जनतालाई चित्तबुझ्दो जवाफ नदिए सदन चल्न नदिने चेतावनी दिनुभयाे । अर्याल बाेलेलगत्तै एमाले सांसद् आ-आफ्नाे ठाउँबाट उठेर विराेध जनाए । त्यसपछि सभामुखले सरकारलाई रुलिङ गर्नुभयाे । 'प्रतिपक्षी दलका माननीय सदस्यले उठाउनु भएको विषयमा मेरो ध्यानाकर्षण भएको छ, यसबारे सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, यस विषयमा सत्यतथ्य सदनसमक्ष पेश गर्न निर्देश गर्छु'-उहाँले भन्नुभयाे ।
