काठमाडौं । प्रतिनिधि सभा सदस्य नवराज सिलवालले वर्तमान सरका अति गैर जिम्मेवार रूपमा प्रस्तुत भएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सिलवालले एकै रात पेट्रोलमा २१ र डिजेलमा २७ रुपैँया मूल्यवृद्धि गरेर सरकारले जनता माथि मजाक गरेको बताउनुभयो । ‘सरकार नाफा कमाउने व्यापारी हो कि बिचौलिया ?’ सिलवालले प्रश्न गर्नुभयो । सरकार लोककल्याणकारी राज्यको अवधारणबाट च्युत भएको उहाँले टिप्पणी गर्नुभयो । ‘सरकारको लोककल्याणकारी राज्यको अनुहार कुरूप भएको छ’, सिलवालले भन्नुभयो । उहाँले सरकारले ललितपुर माथि बजेटमा समेत अन्याय गरेको बताउनुभयो । सिलवालले नेपालका हरेक आन्दोलनमा अगाडि लागेका ललितपुर बासीलाई वर्तमान सरकारको विरुद्ध आन्दोलनमा उठ्न बाध्य नपार्न चेतावनी दिनुभयो ।
सरकार नाफा कमाउने व्यापारी हो कि, बिचौलिया : नवराज सिलवाल
काठमाडौं । प्रतिनिधि सभा सदस्य नवराज सिलवालले वर्तमान सरका अति गैर जिम्मेवार रूपमा प्रस्तुत भएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
